स्पेनिस ला लिगाको उपाधि होडमा रियल मड्रिड थप बलियो
१५ असार, २०७७ काठमाडौं । रियल मड्रिडले स्पेनिस ला लिगा फूटबलको उपाधि होडलाई थप बलियो बनाएको छ ।
ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा पुछारको क्लब स्पानियोलमाथि १(० गोलको संघर्षपूर्ण जित निकाल्दै शीर्ष स्थानको रियलले आफ्नो उपाधि यात्रा थप बलियो बनाएको हो ।
अवे मैदानमा स्पानियोललाई पराजित गरेसँगै रियलले दोस्रो स्थानको बार्सिलोनासँगको अंक दूरी दुई अंकले बढाएको छ । रियल मड्रिडका लागि ४५ औं मिनेटमा कासेमिरोले गरेको गोल नै निर्णायक रह्यो । उता स्पानियोलले समेत गोल गर्ने धेरै मौका पाएपनि गोल गर्न सकेन ।
जितपछि रियल मड्रिडको ३२ खेलबाट ७१ अंक जोडेको छ । दोस्रो स्थानको बार्सिलोनाको समान ३२ खेलबाट ६९ अंक रहेको छ । यस्तै लीग अन्तर्गत गएराति भएका अन्य खेलमा लेभान्टेले रियल बेटिसलाई ४-२, भिल्लारियलले भ्यालेन्सियालाई २-० र एइबरले ग्रानाडालाई २-१ ले पराजित गरे ।
प्रतिक्रिया