आर्थिक

लामो समयदेखि बन्द सेयर बजार भोलिबाट खुल्ने

हिमालय टिभी
२०७७ असार १४ गते १९:००
लामो समयदेखि बन्द सेयर बजार भोलिबाट खुल्ने

१४ असार, २०७७ काठमाडौं । लामो समयदेखि बन्द रहेको सेयर बजार भोलिदेखि खुल्ने भएको छ । नेपाल धितोपत्र बोर्डले भोलिदेखि बजार खुला गर्न नेपाल स्टक एक्सचेञ्ज नेप्सेलाई निर्देशन दिएपछि बजार खुल्न लागेको हो ।

बोर्डले बजार सुधारका केही काम पूरा भइसकेको र केही हुने प्रक्रियामा रहेकाले सेयर कारोबार खुल्ला गर्न निर्देशन दिएको हो । बोर्डले पहिला कै नियमित समय अवाधिसम्म बजार खुलाउने वा समय घटाउने भन्ने विषयमा कुनै निर्देशन दिएको छैन ।

त्यसैले नेप्सले छलफल गरेर मोडालिटी तय गरेर बजार खुल्ला गर्ने छ । लकडाउन शुरु भएसँगै बन्द भएको शेयर कारोबार बीचमा २ दिन खुलेको थियो । तर दुवै दिन सर्किटलागेर बजार घटेपछि लगानीकर्ताका संगठनले बजार बन्द गर्न दवाव दिएका थिए र कारोबार रोकिएको थियो ।

तर तीनै लगानीकर्ताका संगठन गत शुक्रबार धितोपत्र बोर्डमा भएको छलफलमा सेयर बजार खुला गर्न सहमत भएका थिए । लामो समयसम्म बजार बन्द गरेकोमा केही लगानीकर्ताले भने नेप्से र धितोपत्र बोर्डको आलोचना गर्दै आएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *