कर्णाली प्रदेशले प्रयोगमा ल्याएको पीसीआर मेशिन बिग्रियो
![कर्णाली प्रदेशले प्रयोगमा ल्याएको पीसीआर मेशिन बिग्रियो](https://www.himalayatv.com/wp-content/uploads/2020/06/pcr-mechine.jpg)
१४ असार, २०७७ सुर्खेत । कोरोना भाइरस परीक्षणका लागि कर्णाली प्रदेश सरकारले प्रयोगमा ल्याएको पीसीआर मेसिन बिग्रिएको छ ।
प्रदेश अस्पताल सुर्खेतले प्रयोग गर्दै आएको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतको पीसीआर मेसिन चल्न छाडेको हो ।
यसअघि यो मेसिनबाट दैनिक करिब चार सय स्वाबको परीक्षण हुँदै आएको थियो । प्रयोगशाला प्रमुख ओम आचार्यका अनुसार बिग्रिएको मेसिन मर्मतका लागि पहल थालिएको छ । मर्मत सम्भव नभए साटेर अर्को ल्याउने तयारी भएको उहाँको भनाई छ ।
मेसिन बिग्रिएपछि अत्यावश्यक व्यक्तिको अर्को पोर्टेबल पीसीआर मेसिनबाट परीक्षण भइरहेको छ । प्रयोगशालामा १ हजार वढी स्वाव परीक्षण गर्न बाँकी रहेका बेला पशुपंक्षी प्रयोगशालामा रहेको मेसिनमा खरावी आए पछि परिक्षण ३ दिन देखि रोकिएको हो ।
केही स्वाबहरु भने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र छिमेकी जिल्लामा पठाउने तयारी गरिएको जनाइएको छ । कोरोना परीक्षणका लागि प्रदेशमा तीन वटा ठूला र एउटा सानो गरी चार वटा मेसिनहरु छन् ।
प्रतिक्रिया