सांसद राईद्वारा सांसद क्षेत्र विकास योजनाको रकम अस्पताललाई दिने निर्णय

१४ असार, २०७७ बाँके । बाँके क्षेत्र नम्बर २ का सांसद एवं पूर्वमन्त्री मोहम्मद ईश्तियाक राईले स्थानीय विकास पूर्वाधार साझेदारी विकास कार्यक्रमअन्तर्गतका तीनवटा योजनाको रकम भेरी अस्पताललाई प्रदान गर्नु भएको छ ।
कोभिड–१९ को महामारीका कारणले स्थानीय विकास पूर्वाधार साझेदारी विकास कार्यक्रमअन्तर्गत क्षेत्र नम्बर २ मा छनोट गरिएका तीन वटा योजनाको ठेक्कासमेत हुन नसकेकाले ती तीनवटै योजनाको डेढ करोड रुपैयाँ भेरी अस्पताललाई दिने निर्णय सांसद राईले गर्नु भएको छ ।
स्थानीय विकास पूर्वाधार साझेदारी विकास कार्यक्रम अन्तर्गत ठेक्का सम्झौता नभएका योजनाहरुको रकम असार १५ गतेदेखि फ्रीज गर्ने निर्णय सरकारले गरेकाले सो रकम फ्रीज हुनुभन्दा पहिलेनै योजना संशोधन गरेर डेढ करोड रुपैयाँ कोभिड–१९ विरुद्ध तयारीका लागि भेरी अस्पताललाई भेन्टिलेटर लगायतका उपकरण खरिद गर्न प्रदान गरिएको सांसद राईले बताउनुभयो ।
प्रतिक्रिया