आर्थिक

खेती लगाउने बेला मल अभाव भएपछि किसान तनावमा (भिडियोसहित)

हिमालय टिभी
२०७७ असार १४ गते १४:१६
खेती लगाउने बेला मल अभाव भएपछि किसान तनावमा (भिडियोसहित)

१४ असार, २०७७ विराटनगर । मुख्य खाद्यान्न बाली धान रोपाइको सिजन शुरु भएको छ । तर धान लगाउने सिजनमै नेपालभरी रासायनिक मलको अभाव छ । समयमै आयात नहुँदा धान लगाउने सिजनमा मल अभाव भएपछि किसान तनावमा छन् । प्रदेश १ मा पनि अवस्था उस्तै छ ।

सरकारले कृषिलाई प्राथमिकतामा राखेको बताइरहे पनि मुख्यवाली धान लगाउने सिजनमा जहिल्लै मल अभाव हुन्छ । सरकारको भनाइ र व्यवहारमा कहिल्लै तालमेल छैन ।

प्रदेश १ मा मल आपूर्ति गर्दै आएका कृषि सामाग्री कम्पनी प्रालि र साल्ट ट्रेडिङ लिमिटेडमा धान सिजनको शुरुवाती समयमै युरिया मलको गोदाम रितिएको छ । शुरुवाती क्रममा प्रयोग गरिने युरिया मात्र होइन, डिएपी मल पनि केहि दिन मात्रै पुग्ने मौज्दाद छ ।

धान रोपाइको सिजनमा कृषि सहकारीमा मलको माग उच्च रहने गरेको छ । किसान युरिया मलका लागि सधै कृषि सहकारी पुग्ने गरेका छन । तर कृषि सामाग्री केन्द्रले मल उपलब्ध नगराएपछि सहकारी संचालकले किसानलाई मल उपलब्ध गराउन सकेका छैनन्।

धान खेतीको मुख्य सिजनमा नै युरिया मलको अभाव शुरु भएको धेरै भइसक्यो । प्रदेश सरकार भने निकट भबिष्यमै मल आउने र अभाव नहुने प्रचारबाजी गर्नमै केन्द्रित छ ।

प्रदेश १ मा तीन लाख हेक्टरभन्दा बढी क्षेत्रफलमा धान खेति हुँदै आएको छ । पूर्वी तराईका जिल्लामा धान रोपाइँ गर्दा ५० प्रतिशत युरीया र ५० प्रतिशत डिएपी मल मिसाएर हाल्ने गरिएको छ । कृषि निर्देशनालयको तथ्याङक अनुसार प्रदेश १ मा अहिलेसम्म २० प्रतिशत रोपाइ भएको छ । मल नपाए धान उत्पादनसमेत घट्ने निश्चित छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *