ठुलो समूहमा नभएकाले सलहले नेपालमा धेरै क्षति गर्दैनः सहदेवप्रसाद हुमागाईं, प्रमुख प्लान्ट क्वारन्टिन तथा विषादी व्यवस्थापन केन्द्र

काठमाडौं । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेवप्रसाद हुमागाईंले नेपालमा सलह प्रवेश गरे पनि क्षति भने खासै नहुने बताउनुभएको छ।
हिमालय टेलिभिजनको नियमित कार्यक्रम समय सन्दर्भमा सरोजसिंह थापासँग कुरा गर्दै उहाँले बारा, पर्सा, सर्लाही हुँदै तराईका विभिन्न जिल्लामा प्रवेश गरेको सलहको झुण्ड पश्चिम बुटवल हुँदै पाल्पा, दाङसम्म देखिएको पुगेको छ ।
एक साथ ठूलो संख्यामा उड्ने यसले बालीसहित बोट नै खाने गर्दछ । यतिबेला किसानहरू सलहले आफूले दुःख गरेर लगाएको बाली सखाप पारिदिने चिन्तामा छन् । तर केन्द्रका प्रमुख हुमागाईका अनुसार नेपालमा आइपुगेको सलह किरा ठुलो समूहमा नरहेको र त्यो समूह पनि नेपालमा अनुकुल मैसम नभएकाले धेरै नोक्सानी गर्न नसक्ने बताउनु भयो ।
उहाँले हावाको बेगसँगै नेपाल छिरेको सलहको संख्या सानो आकारमा रहेको खण्डमा भने धेरै आत्तिहाल्नु पर्ने अवस्था नरहेको बताउनुभयो । अन्नबाली, रुख विरुवालगायत जुनसुकै हरियो वनस्पति सखाप पारेर खाने सलह अफ्रिकी मुलुकबाट अरेबियन देश हुँदै एसियाको इरान, अफगानिस्तान, पाकिस्तान र भारतसम्म आएको थियो।
भारतको बिहारबाट सलह नेपाल प्रवेश गरेको हो । सलह नेपाल प्रवेश गर्ने सम्भावना बढ्दै जाँदा तीन हप्ता अघि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले गठन गरेको कार्यदलले तत्काललाई सलह नेपाल प्रवेश नगर्ने निष्कर्ष निकालेको थियो ।
प्रतिक्रिया