विदेश

विश्वभर कोरोना संक्रमितको संख्या १ करोड नाघ्यो, मृत्यु हुने पाँच लाख पुग्यो

हिमालय टिभी
२०७७ असार १४ गते ७:४३
विश्वभर कोरोना संक्रमितको संख्या १ करोड नाघ्यो, मृत्यु हुने पाँच लाख पुग्यो

१४ असार, २०७७ काठमाडौं । विश्वभर कोरोना संक्रमतिको संख्या एक करोड पुगेको छ ।

वोर्ल्डोमिटरको पछिल्लो अपडेट अनुसार विश्वभर कोरोना संक्रमितको संख्या एक करोड ७३ हजार ८१४ पुगेको हो । त्यस्तै विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या भने ५ लाख नाघेको छ ।

हिलेसम्म मृत्यु हुने ५ लाख ६०८ पुगेका छन् । कोरोनाबाट सबै भन्दा बढी अमेरिकामा २५ लाख ९६ हजार ३६४ जना संक्रमित भएका छन् भने अमेरिकामा एक लाख २८ हजार १५२ जनाको मृत्यु भएको छ ।

अमेरिकापछि सबैभन्दा बढी ब्राजिल प्रभावित भएको छ । ब्राजिलमा अहिलेसम्म १३ लाख १५ हजार ९४१ जना संक्रमित भएका छन् भने ५७ हजार १०३ को मृत्यु भएको छ ।

त्यस्तै ब्राजिलमा ७ लाख १५ हजार ९०५ जना ठिक भएका छन् । रसियामा अहिले सम्म ६ लाख २७ हजार ६४६ जना संक्रमित भएका छन् भने ८ हजार ९६९ जनाको मृत्यु भएको छ । रसियामा अहिलेसम्म ३ लाख ९३ हजार ३५२ जना ठिक भएका छन् ।

भारतमा ५ लाख २९ हजार ५७७ जना संक्रमित भएका छन् भने १६ हजार १०३ जनाको मृत्यु भएको छ । त्यस्तै भारतमा ३ लाख १० हजार १४६ जना ठिक भएका छन् । त्यस्तै विश्वभर कोरोनाबाट ठिक हुनेको संख्या ५४ लाख ५१ हजार ९८४ रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *