साविक विजेता बार्सिलोना स्पेनिस ला लिगाको बराबरीमा रोकियो
१४ असार, २०७७ काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा साविक विजेता बार्सिलोना बराबरीमा रोकिएको छ ।
गएराति भएको खेलमा बार्सिलोना घरेलु टिम सेल्टा भिगोसँग २–२ गोलको बराबरीमा रोकिएको हो । सेल्टाको मैदानमा बार्सिलोनाका लागि लुइस स्वारेजले दुई गोल गरे ।
सेल्टाका फेडोर स्मोलोभ र इयागो आसपसले एक एक गरे । उपाधि दाबेदार बार्सिलोनाले २० औं मिनेटमा स्वारेजको गोलबाट अग्रता बनाएको थियो । ५० औं मिनेटमा फेडोरले गोल गर्दै घरेलु टोलीलाई १९१ गोलको बराबरीमा ल्याए ।
खेलको ६७ औं मिनेटमा स्वारेजले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई २९१ को अग्रता दिलाए । तर, खेलको ८८ औं मिनेटमा आसपसले गोल गर्दै घरेलु टोलीलाई हारबाट जोगाए । सेल्टासँग बराबरीमा रोकिए पनि बार्सिलोना लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
बार्सिलोनाले ३२ खेलबाट ६९ अंक जोडेको छ एक खेल कम खेलेको रियलको ६८ अक रहेको छ । ३४ अंक जोडेको सेल्टा १६ औं स्थानमा रहेको छ । ला लिगा अन्तर्गत नै अर्को खेलमा एथ्लेटिक बिल्बाओले मालोर्कालाई ३१ गोल अन्तरले हराएको छ ।
प्रतिक्रिया