विदेश

विश्वभर कोरोनाको संक्रमण दर बढ्दो, एकै दिन १ लाख ९४ हजार संक्रमित

हिमालय टिभी
२०७७ असार १३ गते ८:०३
विश्वभर कोरोनाको संक्रमण दर बढ्दो, एकै दिन १ लाख ९४ हजार संक्रमित

१३ असार, २०७७ काठमाडौं । विश्वभर कोरोना संक्रमणको दर फेरि उच्च विन्दुमा पुगेको छ । एकै दिन एक लाख ९४ नयाँ संक्रमित फेला परेका छन् । यो कोरोना संक्रमण शुरु भएयताकै सबैभन्दा उच्च हो ।

अमेरिका, ब्राजिल, भारत, मेक्सिको, चिली, रुस, पाकिस्तान लगायतका मुलुकमा संक्रमितको संख्या तिव्र गतीमा बढेको छ ।

विश्वभर एकै दिन एक लाख ९४ हजार मानिसमा कोरोना संक्रमण देखिएको छ । यो कोरोना भाइरसको संक्रमण सुरु भएयताकै सबैभन्दा बढी संक्रमण दर हो । सबैभन्दा बढी अमेरिकामा एकै दिन ४७ हजार ९३ जनामा संक्रमण देखिएको छ ।

पछिल्लो समय अमेरिकामा एकै दिन संक्रमित हुनेको संख्या यो नै उच्च हो । अमेरिकामा संक्रमितको संख्या २५ लाख ५२ हजार पुगेको छ । थप ६५८ जनाको मृत्यु भएसँगै मृतकको संख्या एक लाख २७ हजार ६३५ पुगेको छ ।

ब्राजिलमा पनि कोरोना संक्रमण दर उच्च विन्दुमा पुगेको छ । एकै दिन ४६ हजार ९०७ जना संक्रमित भएका छन् । योसँगै ब्राजिलमा संक्रमितको संख्या १२ लाख ८० हजार नाघेको छ । यस्तै थप एक हजार ५५ जनाको मृत्यु भएसँगै मृतकको संख्या ५६ हजार एक सय ९ पुगेको छ ।

भारतमा पछिल्लो पटक एकैदिन १८ हजार २ सय ७६ जना संक्रमित थपिएका छन् । थप ३८१ जनाको मृत्यु भएको छ । भारतमा संक्रमितको संख्या ५ लाख ९ हजार ४४६ पुगेको छ भने १५ हजार ६ सय ८९ जनाको ज्यान गइसकेको छ ।

विश्वभर एकै दिन एक लाख ९४ हजार जनामा कोरोना देखिएसँगै संक्रमितको संख्या ९८ लाख ९८ हजार नाघेको छ । मृत्यु हुनेको संख्या ४ लाख ९६ हजार पुगेको छ भने ५३ लाख ५० हजार जना कोरोनाको उपचारपछि घर फर्किएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *