खेलकूद
फिफाले कोरोना प्रभावित मुलुकलाई सहयोग उपलव्ध गराउने
२०७७ असार १३ गते ७:५६

१३ असार, २०७७ काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले कोरोना प्रभावित आफ्ना सबै सदस्य राष्ट्रलाई सहायता स्वरुप एक/एक लाख डलर उपलब्ध गराउने भएको छ ।
फिफाले कोरोनाको कारण आर्थिक सङ्कटको सामना गरिरहेका सदस्यहरुका लागि १ दशमलव ५ बिलियन डलरको राहत कोष स्थापना गर्ने निर्णय गरेको हो । आफ्ना दुई सय ११ सदस्य देशको लागि राहत कोषलाई मञ्जुरी दिंदै फीफाले तत्काल पहिलो चरणको रकम उपलब्ध गराउने निर्णय गरेको हो ।
सबै देशलाई राहत स्वरुप एक–एक मिलियन डलर दिइने र पहिलो हिस्सा यही वर्षको जुलाईमा दिइनेछ भने बाँकी २०२१ को जनवरीमा बाँडिनेछ फीफाले जनाएको छ ।
कोरोनापछि महिला फुटबल पुनरुत्थानका लागि फिफाले पाँच लाख डलर दिने बताएको छ । यसका साथै ६ अलग–अलग निकायकरु, महादेशिय संघहरुलाई पनि दुई दुई मिलियन डलर दिइने छ ।
प्रतिक्रिया