श्रीमानको उपचारमा सम्पत्ति सकियो, मृत्युपछि परिवारको विचल्ली (भिडियोसहित)
१२ असार, २०७७ रुपन्देही । रुपन्देहीको सैनामैनाकी रुपा विकको श्रीमानको उपचारमा सम्पत्ति सबै सकियो । श्रीमानको मृत्यु भएपछि विकको अहिले विचल्ली भएको छ ।
टिनले वरपर बारिएको ओत लाग्नको लागि पाल टाँगिएको छ । त्यहाँ भित्र हुनुहुन्छ रुपा विक र उहाँका छोरा सुमित । आज श्रीमानको मृत्यु भएको ९ दिन पुग्यो । घरबार बिहिन भएकी रुपा माइतीले बनाईदिएको सानो छाप्रोमा श्रीमानको काजक्रियामा बस्नुभएको छ ।
श्रीमानको अल्पायुमै भएको मृत्युको पिडा एकातिर छ भने अर्कातिर छोराछोरीको भविष्यको चिन्ताले रुपालाई सताइरहेको छ । क्रिया सकिएपछि १ छोरा स–साना २ छोरीलाई लिएर कहाँ जाने ? अनि उनीहरुलाई के खुवाउने भन्ने चिन्ता छ ।
श्रीमानको अल्पायुमै भएको मृत्युको पिडा एकातिर छ भने अर्कातिर छोराछोरीको भविष्यको चिन्ताले रुपालाई सताइरहेको छ । क्रिया सकिएपछि १ छोरा स–साना २ छोरीलाई लिएर कहाँ जाने ? अनि उनीहरुलाई के खुवाउने भन्ने चिन्ता छ ।
माइतीले दिएको १० धुर जग्गामा घर बनाएर बसकी रुपाले श्रीमान सोमसँगै मजदुरी गरेर जीविका चलाइरहनुभएको थियो । केही महिना अघि श्रीमानलाई एक्कासी जन्डिस देखियो । रोग बढ्दै गयो । उपचारका क्रममा माइतीले दिएको जग्गामा बनाएको सानो घर पनि बेच्नु पर्यो । तर पनि रुपाले श्रीमानलाई बचाउन सक्नु भएन । श्रीमान र घर दुबै रहेनन् । अनि क्रियाका लागि समेत माइतीकै शरणमा पुग्नु पर्यो ।
रुपाका माईती पक्षको पनि आर्थिक अवस्था कमजोर छ । ज्वाँइको मृत्यु भएपछि १ छोरा र २ छोरीसँगै अलपत्र परेकी छोरीको भविष्यबारे अभिभावकमा चिन्ता छ ।
क्रिया उकास्न सैनामैनाका स्थानीय समाजसेविले केही आर्थिक सहयोग गरेका छन् । घर बिहिन भएकी रुपालाई सरकारले पनि केही सहयोग गर्छ कि भन्ने आश छ ।
रुपा जस्ता लाखौं गरिबको जिवन यसरी नै तडपिएर बितिरहेको छ । हाम्रो स्वास्थ्य सेवा पनि गरिबको उठिबास लगाउने खालकै छ । एकजनाको उपचारका क्रममा घरबार विहिन भएर अलपत्र पर्नुपर्ने यस्तो अवस्था अन्त्यका लागि सोंच्न राज्यका निकायलाई फुर्सद भने छैन ।
प्रतिक्रिया