राजनीति

रुकुम घटनाको विरोधमा नयाँ बानेश्वरमा सडक बहस

हिमालय टिभी
२०७७ असार १२ गते १९:१५
रुकुम घटनाको विरोधमा नयाँ बानेश्वरमा सडक बहस

१२ असार, २०७७ काठमाडौं । छ जनाको ज्यान जाने गरी भएको रुकुम घटनाका बारेमा आज काठमाडौंको नयाँ बानेश्वरमा सडक बहस भएको छ ।

रुकुममा भएको जातीय हत्या र विभेद विरुद्ध भएको सडक बहसमा विभिन्न दलका नेताहरुको सहभागिता थियो । बहसमा सहभागि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष प्रकाशचन्द्र लोहोनीले झण्डै ५० लाख जनसंख्या भएको दलित समुदायको हितका सामाजिक आन्दोलन नभएकै कारण विभेद हुने गरेको बताउनुभयो ।

नेकपा क्रान्तिकारी माओवादीका वरिष्ठ नेता सीपी गजुरेलले सामाजिक आन्दोलनमार्फत दलित उत्पीडनका मुद्दा स्थापित गराउन नसकिए यस्ता घटना भइरहने बताउनुभयो ।

पश्चिम रुकुमको चौरजहारी ८ सोतीमा छ जना युवाको हत्यामा संलग्न भएकाहरुलाई कारबाहीको माग राखी दैनिक जसो कार्यक्रम हुँदै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्