विदेश

भारतमा कोरोना संक्रमण अहिलेसम्मकै उच्च, १८ हजार बढी संक्रमित

हिमालय टिभी
२०७७ असार १२ गते ९:०७
भारतमा कोरोना संक्रमण अहिलेसम्मकै उच्च, १८ हजार बढी संक्रमित

१२ असार, २०७७, काठमाडौं । भारतमा एकै दिन संक्रमित हुनेको संख्या अहिलेसम्मकै उच्च देखिएको छ । त्यहाँ एकै दिन थप १८ हजार एक सय ८५ जना संक्रमित फेला परेका छन् ।

संक्रमण दर उच्च रहेको भारतमा संक्रमितको संख्या ४ लाख ९१ हजार पुगेको छ । थप ४ सय एक जनाको मृत्यु भएको छ । यो सँगै मृत्यु हुनेको संख्या १५ हजार ३०८ पुगेको छ ।

अमेरिका र ब्राजिलमा मात्रै करिब ८० हजार संक्रमित थपिएका छन् । ब्राजिलमा ४० हजार र अमेरिकामा ३७ हजार भन्दा बढी नयाँ संक्रमित भेटिएका हुन् ।

एकै दिन विश्वभर संक्रमितको संख्या एक लाख ७५ हजार भन्दा बढी भएको छ । कोरोनाका कारण थप पाँच हजार एक सय ७ जनाको मृत्यु भएको छ ।

कोरोनाबाट हालसम्म मृत्यु हुनेको संख्या चार लाख ९० हजार ९ सय १६ पुगेको छ । ब्राजिलमा पछिल्लो पटक ११ सय ८० र अमेरिकामा ५ सय ९५ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *