भारतमा चट्याङ लागेर एकै दिन १०७ जनाको मृत्यु

१२ असार, २०७७, नयाँ दिल्ली । भारतमा चट्यांगका कारण एकै दिन १०७ जनाको मृत्यु भएको छ ।
बिहारमा ८३ तथा उत्तर प्रदेशमा २४ जनाको चट्यांग लागेर मृत्यु भएको बिबिसीले जनाएको छ । विगत तीन दिनदेखि बिहारमा बिजुली चम्कने र मेघ गर्जनसहित भिषण वर्षा भइरहेको थियो ।
हिजो अबेर घटना भएकाले अझै क्षतिको पुर्ण विवरण आइनसकेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । बिहारको विपद प्रबन्ध विभागका मुख्य सचिव प्रत्यय अमृतले अझै चट्याङको सम्भावना रहेकाले सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेका छन् ।
अबको तीन दिन बिहारका विभिन्न जिल्लामा भारी वर्षा हुने सम्भावना रहेको मौसमविद्हरुले बताएका छन् । यस्तै उत्तर प्रदेशमा पनि ज्यान गुमाउनेको संख्या बढ्न सक्ने बताइएको छ । सो क्षेत्रमा पनि भारी वर्षासहित चट्यांग पर्न सक्ने भएकाले सावधान रहन भनिएको छ ।
प्रतिक्रिया