समाज

गाउँपालिकाबाट पोषिला कोशेली पाएपछि गर्भवती र सुत्केरी दङ्ग (भिडियोसहित)

हिमालय टिभी
२०७७ असार ११ गते १८:४२
गाउँपालिकाबाट पोषिला कोशेली पाएपछि गर्भवती र सुत्केरी दङ्ग (भिडियोसहित)

११ असार, २०७७ अछाम । अछामको बान्नीगढी जयगढ गाउँपालिकाले सुत्केरीका लागि कोसेली कार्यक्रम सुरु गरेको छ । कोसेली स्वरुप गर्भवती र सुत्केरीलाई पोषिला खानेकुरा दिइन्छ । जसले आमा तथा नवजात शिशुमा हुने कुपोषण घटेको छ । सुत्केरी सेवा लिने महिलाको संख्या पनि बढेको छ ।

अछामको बान्नीगढी जयगढ गाउँपालिकाका सुत्केरी महिलाले कोसेली पाउँछन् । उनीहरलाई गाउँपालिकाले एक क्यारेट अण्डा, तोरीको शुद्ध तेल, आयोडिन नुनसहितका पोषिला खानेकुरा कोसेले दिने गरेको छ । नगद भत्ता सहित कोसेली दिन थालिएपछि यो गाउँपालिकामा घरमै असुरक्षित सुत्केरी हुने महिलाको संख्या शुन्यमा झरेको छ ।

‘सुत्केरीलाई कोसेली’ कार्यक्रम प्रभावकारी बन्दै गएपछि गाउँपालिकाले आगामी योजनामा यसलाई थप बृहत बनाउने तयारी थालेको छ । गर्भदेखि सुत्केरी हुनेबेलासम्म मात्र नभएर अब यो कार्यक्रलाई सुनौला हजार दिनसम्मै सहयोग पुग्नेगरी निती तथा कार्यक्रममै समावेस गरिने छ ।

पछिल्लो सर्वेक्षण अनुसार यो कार्यक्रम लागु भए यता १ सय ३९ जनाले कोसेली पाएका छन् । जयगढ स्वास्थ्य चौकिबाट ७० जना, दर्ना स्वास्थ्य चौकिबाट ३७ जना, कालिका स्वास्थ्य चौकिबाट २६ जना, गाजरा स्वास्थ्य चौकिबाट ३ जना र तिमिल्सेन स्वास्थ्य चौकिबाट ३ जनाले सुरक्षित सुत्केरी सेवा लिएपछि कोसेली पाएका छन् । कुपोषण नहोस भनेर शुरु गरिएको कार्यक्रमले लक्ष्य भेट्याउनेमा गाउँपालिका विश्वस्त छ ।

दुर्गमका महिला के सुत्केरी, के गर्भवती, के बिरामी सबै अवस्थामा काममा जोतिइरहेको भेटिन्छन् । जसले गर्दा आमा र बच्चा दुबैको ज्यान जोखिममा हुन्छ । यदि हरेक स्थानीय तहले अछामको बान्नीगढी जयगढ गाउँपालिकाले जस्तै गर्भवती र सुत्केरीका लागि रचनात्मक उपाय निकाल्न सके आमा र शिशु दुबैको स्वास्थ्य सुध्रिने देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *