अन्तर्वार्ता

एमसीसी पारित भए ब्रिटिश ईष्ट इण्डिया कम्पनीले भारत उपनिवेश बनाएजस्तै हुन्छः देवप्रसाद गुरुङ, मुख्य सेचतक, नेकपा

हिमालय टिभी
२०७७ असार ११ गते १०:४७
एमसीसी पारित भए ब्रिटिश ईष्ट इण्डिया कम्पनीले भारत उपनिवेश बनाएजस्तै हुन्छः देवप्रसाद गुरुङ, मुख्य सेचतक, नेकपा

११ असार, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का मुख्य सचेतक देवप्रसाद गुरुङले एमसीसी पारित भए देश ब्रिटिश ईष्ट इण्डिया कम्पनीले भारत उपनिवेश गरेजस्तै हुने बताउनु भएको छ ।

हिमालय टेलिभिजनको नियमित कार्यक्रम समय सन्दर्भमा सरोजसिंह थापासँग कुरा गर्दै मुख्य सचेतक गुरुङले एमसीसी कुनै पनि हालतमा अहिलेको अवस्थामा पारित हुन नहुने बताउनुभयो ।

साथै उहाँले अमेरिकी सहयोग परियोजना (एमसीसी)लाई २१ औं शताब्दीको साम्राज्यवाद र विस्तारवादकै हतियार भएको पनि बताउनु भयो । यदि यसका मुलुक फसे कहिले उठ्न नसक्ने गरी राष्ट्रियता कमजोर हुने उहाँको दाबी छ ।

सरकारको काम र पार्टी संचालन ठिन नभए पनि संवादमार्फत नै समस्या हल गरिने बताउनुभयो । अब भोलि बस्ने बैठकले अमेरिकी सहयोग परियोजना (एमसीसी), सरकारका कामको समीक्षा सँगै कोरोना संक्रमणका कारण संघीय र प्रदेश सांसदले बैठक भत्ता नलिने, रुकुम घट्नाको छानबिन र नागरिकता विधेयक बैठकको छलफलका एजेण्डा बनेको मुख्य सचेतक गुरुङले जानकारी दिनुभयो ।

कोभिड–१९ को नियन्त्रण, रोकथाम र उपचार, नेपालको सीमा समस्या र समाधान, पार्टी कामको समीक्षा, सांगठानिक एकताका बाँकी कामलाई नेकपाले बैठकका एजेण्डा बनाएको छ । ६ महिनापछि बसेको बैठकका एजेण्डामा असार १२ गते स्थायी कमिटी सदस्यहरुले आफ्नो धारणा राख्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्