खेलकूद

रियल मड्रिड पुनः स्पेनिस ला लीगाको शीर्ष स्थानमा

हिमालय टिभी
२०७७ असार ११ गते ७:४७
रियल मड्रिड पुनः स्पेनिस ला लीगाको शीर्ष स्थानमा

११ असार, २०७७ काठमाडौं । रियल मड्रिड पुन स्पेनिस ला लीगाको शीर्ष स्थानमा उक्लिएको छ ।

घरेलु मैदानमा भएको खेलमा मालोर्कालाई २(० ले पराजित गर्दै रियल फेरि शीर्ष स्थानमा पुगेको हो । ला लीगाको शीर्ष स्थानका लागि रियल र बार्सिलोनाबीच प्रतिश्पर्धा छ ।

खेलको ११ औं मिनेटमा मालोर्काका इद्रिसा बाबाले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार रियलका गोलरक्षक थिबाउट कोर्टुवाले बचाए । खेलको १९ औं मिनेटमा रियलले खेलमा अग्रता बनायो ।

लुका मोड्रीचले दिएको पासलाई भिनिसियसले गोल गर्न सफल भए । पहिलो हाफमा १(० को अग्रता लिएको रियल मड्रिडले दोस्रो हाफमा पनि आक्रामक खेल जारी राख्यो । ५६औ मिनेटमा नै रियलले अग्रता दोब्बर पार्यो । कप्तान सर्जियो रामोसले झन्डै २५ यार्ड टाढाबाट प्रहार गरेको फ्रिकिकमा गोल भएको थियो ।

त्यसपछि दुवै टिमबाट गोल हुन सकेन र रियल बिजयी भयो । जितसँगै रियल र बार्सिलोना दुवैको ३१ खेलमा समान ६८ अंक भएको छ । तर हेड टु हेडको आधारमा रियलले बार्सिलोनालाई उछिनेको हो । मालोर्का भने ३१ खेलमा २६ अंकसहित रेलिगेसन क्षेत्रमा नै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्