समाज

चीनसँग युद्ध लड्दा ६ महिना बन्दी बनेका गोर्खा सैनिकको अनुभव (भिडियोसहित)

हिमालय टिभी
२०७७ असार ९ गते २०:२३
चीनसँग युद्ध लड्दा ६ महिना बन्दी बनेका गोर्खा सैनिकको अनुभव (भिडियोसहित)

९ असार, २०७७ नेपालगञ्ज । नेपालका दुई छिमेकी भारत र चीनको सीमा विवाद चर्किदै गएको छ । दुबै देशका सैनिक आमने सामाने छन् । गोर्खा रेजिमेन्टमा भर्ना भएका नेपाली पनि भारतका तर्फबाट युद्द मैदानमा खटिने गरेका छन् । सन १९६२ मा चीनसँगको युद्द लडेका नेपालगञ्जका अवकासप्राप्त एकजना क्याप्टेनको स्मरणः

भारत र चीनबीचको सन् १९६२ के युद्दमा सिक्किम पनि एउटा महत्वपुर्ण मोर्चा थियो । त्यहाँ करिब १० दिनसम्म दुबै देशका सैनिकले आमने सामने भएर लडाई गरेका थिए । त्यो लडाइमा सहभागि भएका नेपाली मध्ये एक हुनुहुन्छ नेपालगन्जका धनबहादुर चन्द ।

भारतीय सेनाका अवकाश प्राप्त क्याप्टेन चन्दसँग त्यो लडाइका अविस्मरणीय अनुभव छन् । लडाइका क्रममा भारतीय सेना हारेपछि चिनियाँ सेनाले उहाँलाई पनि बन्दी बनाएर तिव्वत लगे ।

लडाइमा उहाँको पल्टनका कैयौ सैनिकको ज्यान गयो । करिब ७(८ हजार भारतीय सैनिकलाई चिनियाँ सेनाले बन्धक बनायो । बन्धक भएर बस्दा उहाँले चिनियाँको बारेमा बुझ्ने अवसर पनि पाउनुभयो ।

त्यतिबेला लडाइको तौरतरिका अहिलेभन्दा फरक थियो । अत्याधुनिक हतियारको विकासले आमनेसामने भन्दा फरक खालको लडाइ हुन थालेको चन्दको अनुभाव छ ।

भारतीय सेनामा ३० बर्ष काम गरेर क्याप्टेनबाट अवकास पाएका चन्दले चीन र पाकिस्तानसँग ३ वटा लडाई लड्नु भयो । लडाईमा बहादुरी देखाएर थुप्रै पदक पनि प्राप्त गर्नुभएको छ । अहिले फेरी चीनसँग भारतको तनाव बढिरहेका बेला उहाँका पुराना याद ताजा भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्