समाज

कोरोना रोकथाम तथा नियन्त्रणमा प्रदेश १ मा २६ करोड खर्च

हिमालय टिभी
२०७७ असार ९ गते १७:५५
कोरोना रोकथाम तथा नियन्त्रणमा प्रदेश १ मा २६ करोड खर्च

९ असार, २०७७ विराटनगर । प्रदेश– १ सरकारले कोरोना नियन्त्रण तथा रोकथामका लागि अहिलेसम्म झण्डै २६ करोड रुपैंया खर्च गरेको विवरण सार्वजनिक गरेको छ ।

प्रदेशसभाको आजको बैठकमा प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले २५ करोड ८३ लाख रुपैयाँ खर्च भएको जानकारी दिनुभयो ।

प्रमुख विपक्षी कांग्रेसले कोरोना नियन्त्रणका लागि हालसम्म भएका खर्च सार्वजनिक गराउन माग गर्दै हिजोको बैठक अवरुद्ध गरेको थियो । मन्त्री कार्कीले बाहिरका नागरिकलाई काठमाडौं छिर्न गरिएको भेदभावबारे संघीय सरकारको ध्यानाकर्षण गराउने पनि बताउनुभयो ।

प्रदेश सरकारले कोरोना जनसुरक्षा कोषमा रहेको रकम विभिन्न मन्त्रालयमार्फत स्थानीय सरकारलाई पठाइएको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *