९ असार, २०७७ काठमाडौं । निरन्तर बढिरहेको सुनको भाउ आज केही घटेको छ । आज सुन तोलाको ९० हजार ६ सय रुपैयाँमा झरेको छ ।
नेपालमा सुनको मुल्य आज तोलामा ४ सय रुपैयाँले घटेको सुन चाँदी व्यवसायी महासंघले बताएको छ । हिजो सुन प्रतितोला ९१ हजार पुगेको थियो ।
लकडाउनपछि सुनको मुल्य घटेको यो पहिलो पटक हो । चाँदीको मूल्य पनि तोलामा दश रुपैयाँले घटेर प्रतितोला ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
अन्तरराष्ट्रिय बजारमा हुने उतारचढावले नेपालमा सुन चाँदिको मुल्य घटबढ हुने गरेको छ ।