इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीको फराकिलो जित
![इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीको फराकिलो जित](https://www.himalayatv.com/wp-content/uploads/2020/06/philfodenscoresagainstburnley.jpg)
९ असार, २०७७ काठमाडौं । इंग्लिस प्रिमियर लिग फूटबलमा म्यान्चेष्टर सिटीले फराकिलो जित निकालेको छ । घरेलु मैदानमा भएको खेलमा सिटीले वर्नलीलाई ५–० गोल अन्तरले हराएको हो ।
सिटीको जितमा डिएगो फोडिन र रियाद महरेजले समान दुई दुई गोल गरे । फिल फोडिनले २२ औं मिनेटमा सिटीलाई अग्रता दिलाए । रियाद महरेजले ४३ औं मिनेटमा सिटीको अग्रता दोब्बर बनाउने काम गरे ।
पहिलो हाफको ईन्जुरी समयमा पेनाल्टीमा गोल गर्दै महरेजले सिटीलाई ३–० ले अघि बढाएका थिए । डेभिड सिल्भाले ५१ औं मिनेटमा सिटीका लागि पाँचौ गोल गरे ।
फोडिनले ६३ औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ५–० को फराकिलो जित दिलाए । सिटीको जितसंगै शीर्ष स्थानको लिभरपुलले उपाधिका लागि थप केही समय प्रतिक्षा गर्नुपर्ने भएको छ ।
लिगमा ८ चरणको खेल बाँकी रहदाँ सिटी शीर्ष स्थानको लिभरपुल भन्दा २० अंकले पछाडी छ । साविक विजेता सिटीले अंक गुमाएको खण्डमा लिभरपुलले बुधबार एनफिल्डमा क्रिस्टल प्यालेसलाई हराउँदै उपाधि उचाल्ने सम्भावना थियो ।
सिटी ६३ अंक सहित तालिकाको दोस्रो स्थानमा छ । शीर्ष स्थानको लिभरपुल ८३ अंक सहित पहिलो स्थानमा छ । वर्नली ३९ अंक सहित तालिकाको ११ औं स्थानमा छ ।
प्रतिक्रिया