खेलकूद
इटालियन सिरी एमा युभेन्ट्स २–० गोलअन्तरले विजयी
२०७७ असार ९ गते ७:५४

९ असार, २०७७ काठमाडौं । इटालियन सिरी ए फुटबलमा लिग लिडर युभेन्ट्सले बोलोग्नालाई २–० ले पराजित गरेको छ ।
बोलोग्नाको घरेलु मैदानमा भएको खेलमा युभेन्टसका जीतको लागि रोनाल्डोले २३ औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै अग्रता दिलाए। त्यस्तै खेलको ३६ औं मिनेटमा डेबालाले गोल गर्दै अग्रतालाई दोब्बर बनाए ।
पहिलो हाफमा २–० को अग्रता लिएको युभेन्टसले त्यसपछि कुनै पनि गोल गर्न सकेन । यस सिजन युभेन्ट्स दोस्रो स्थानको लाजियो भन्दा मात्र ४ अंकले अघि रहेको छ। युभेन्ट्सले २७ खेलमा ६३ अंक जोडेको छ ।
२५ खेल खेलेको लाजियोको ६२ अंक रहेको छ । लिगमा ३४ अंक जोडेको बोलोग्ना १० औं स्थानमा रहेको छ । गएराति भएको अर्को खेलमा एसी मिलानले लिसीलाई चार एक गोलले हराएको छ । त्यस्तै फियोरेन्टिना र ब्रेसियाले एक एक गोलको बराबरी खेले।
प्रतिक्रिया