कला/मनोरञ्जन
नेपाली फिल्म ‘धुलो’ युट्युवमा सार्वजनिक
२०७७ असार ८ गते १८:३७
प्रधुम्न मिश्र निर्देशित फिल्म ‘धुलो’ युट्युवमा सार्वजनिक भएको छ। सामाजिक विषयमा निर्माण गरिएको फिल्ममा एक रिक्सा चालकको सपना, संघर्ष र जीवन शैलीलाई प्रस्तुत गरिएको छ।
फिल्ममा बुद्धि तामाङ, अग्रज केसी, सृजना सुब्बा, प्रधुम्न मिश्र, दामोदर गजुरेल, अमृता पाण्डे, बाल कलाकार सुदीप कार्की मुख्य भूमिकामा रहेका छन्।
त्यस्तै फिल्ममा नीर शाह, सुशिल पोखरेल र लक्ष्मी बर्देवाको पनि विशेष भूमिका रहेकोछ।
सिके वाग्लेको प्रस्तुति रहेको फिल्मलाई लक्ष्मी गौतम र नानीराम फुँयालले निर्माण गरेका हुन्।दीपा धरेल फिल्ममा सहनिर्माताको रुपमा छिन्।
सुवाससिंह बस्न्यातको लेखन, बिन आचार्यको छायांकन र अर्जुन जिसीको सम्पादन रहेको फिल्मको गीतको कोरियोग्राफी कबिराज गहतराज र रामजी लामिछानेले गरेका हुन्।
प्रतिक्रिया