आर्थिक

कुनै समय सबैको आकर्षणको केन्द्र बनेको बयालपाटा, किन बन्यो अहिले सुनसान ? (भिडियोसहित)

हिमालय टिभी
२०७७ असार ८ गते १७:३५
कुनै समय सबैको आकर्षणको केन्द्र बनेको बयालपाटा, किन बन्यो अहिले सुनसान ? (भिडियोसहित)

८ असार, २०७७ अछाम । अछामको पुरानो सदरमुकाम बयालपाटा बजार आजकल सुनसान छ । कुनैबेला जिल्लाबाट मात्र होइन् छिमेकी डोटी, बाजुरा, जुम्ला र कालिकोटका मानिस किनमेलका लागि बयालपाटा पुग्थे । तर अहिले त्यहाँको रौनक हराएको छ ।

डोटीबाट छुट्टिएर नयाँ जिल्ला स्थापना हुँदा विक्रम संवत २०१९ सालमा बयालपाटा अछामको सदरमुकाम बन्यो । २०२४ सालमा सदरमुकाम मंगलसेन सारिए पनि व्यापारीक दृष्टिले यसको महत्व कायमै थियो । डोटी, बाजुरा, जुम्ला र कालिकोटका मानिस किनबेचका लागि बयालपाटा पुग्थे । तर अहिले यो बजार सुनसान देखिन्छ ।

गाउँ सडक संजालसँग जोडिए । छेउछाउमा नयाँ बजारको विकास भयो । बयालपाटालाई नयाँ ढंगले अघि बढाउन कतैबाट पनि पहल भएन । अहिले यो क्षेत्रका घर र सार्वजनिक संरचना समेत जिर्ण बन्दै गएका छन् ।

चारैतिर पिपल चौताराले घेरीएको यो ठाउँ पर्यटकिय हिसाबले पनि सम्पन्न छ । तर यसको संरक्षण र विकासका लागि भने कुनै निकायको ध्यान गएको छैन ।

मध्यपहाडी लोकमार्गसँग जोडिएको यो ठाउँमा धेरै सम्भावना छन् । फलफुल र अन्नबाली उत्पादनकालागि समेत यहाँ उर्बर भुमि छ । तर पनि यो ठाउँको विकासका लागि पहल भएको छैन । जिल्लाको पुरानो सदरमुकाम अहिले लथालिंग बन्दै गएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *