समाज

पर्यटनमन्त्री भट्टराई बोल्दाबोल्दै भर्चुअल मिटिङमा जब पोर्न भिडियो बज्यो…

हिमालय टिभी
२०७७ असार ८ गते १४:३६
पर्यटनमन्त्री भट्टराई बोल्दाबोल्दै भर्चुअल मिटिङमा जब पोर्न भिडियो बज्यो…

८ असार, २०७७ काठमाडौं । नेपाल पर्यटन बोर्डले सोमबार दिउँसो पर्यटनसँग सम्बन्धित सुरक्षा निर्देशिका सार्वजनिक गर्न ‘जुम एप’ भर्चुअल बैठक आयोजना गर्‍यो ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई प्रमुख अतिथि थिए । जब सार्वजनिक भर्चुअल कार्यक्रममा मन्त्री बोल्न सुरु गरे, एक्कसी पोर्न भिडियो बज्यो । अनाधिकृत रुपमा भर्चुल मिटिङमा प्रवेश गरेका ‘ह्यारिस’ नामको आईडीबाट यस्तो हरकत भएको थियो ।

भिडियो बजेलगत्तै एडमिनले भिडियो काटेका थिए । पर्यटन मन्त्री भट्टराईले नेपालमा पर्यटन व्यवसायी समस्यामा रहेको, मजदुरले रोजीरोटी गुमाएको सन्दर्भ सुनाउँदा सुनाउँदै वेबिनारमा पोर्न भिडियो देखिएको थियो ।

त्यसअगाडि पर्यटन सचिव केदारबहादुर अधिकारीले सम्बोधन गरेका थिए । कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण विश्वका धेरैजसो देशहरुमा जुम एपको प्रयोग हुने गरेको छ ।

यस्ता मिटिङमा पछिल्ला समयमा ह्याकरहरुले अनाधकृतिक रुपमा ‘एक्सेस’ गरेर अश्लिल भिडियो बजाइदिने गरेका छन् । नेपालमा पनि यसको प्रयोग बढ्दै गर्दा यस्ता समस्या बढ्दै गएको छ । यो एप माथि तर सुरक्षा लिएर एपमाथि प्रश्न उठ्दै आएको छ ।

भारत सरकारले त यो एप सुरक्षित नभएको भन्दै प्रयोगबारे गाइडलाइन नै जारी गरेको छ । यसअघि पनि धेरैपटक जुम एप बैठकमा गोपनीयताबारे प्रश्न उठेको थियो ।

सिटिजन ल्याबले जुम एपमा महत्वपूर्ण कमजोरीहरु औंल्याएको छ । उसका अनुसार जुम बैठक प्रयोग गर्दा संवेदनशील जानकारीहरु सार्वजनिक गर्नु सुरक्षित मानिँदैन ।

मिटिङको आईडी र पासवर्ड विभिन्न तरिकाबाट सेयर हुँदा त्यसको अनाधिकृत रुपमा चोरी गरेर ह्याकरहरुले यस्ता अश्लिल भिडियोहरु बजाउने गरेका छन् । अनलाइन खबरबाट साभार

प्रतिक्रिया

One thought on “पर्यटनमन्त्री भट्टराई बोल्दाबोल्दै भर्चुअल मिटिङमा जब पोर्न भिडियो बज्यो…

Leave a Reply

Your email address will not be published. Required fields are marked *