खेलकूद

रियल सोसिडाडलाई पराजित गर्दै रियाल म्याड्रिड स्पेनिस ला लिगाको शीर्षस्थानमा

हिमालय टिभी
२०७७ असार ८ गते ७:५४
रियल सोसिडाडलाई पराजित गर्दै रियाल म्याड्रिड स्पेनिस ला लिगाको शीर्षस्थानमा

८ असार, २०७७ काठमाडौं । रियल सोसिडाडलाई २–१ ले हराउदै रियाल म्याड्रिड स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ ।

सोसिडाडको घरेलु मैदानमा भएको खेलमा रियालले जित निकाल्दै अंक तलिकाको शीर्ष स्थानमा उक्लिएको हो ।

पहिलो हाफ गोल रहित बराबरीमा सकिए पनि दोस्रो हाफको सुरुवातमा नै रियल म्याड्रिडले पेनाल्टीको अवसर प्राप्त गर्यो । डिएगो लोरेन्टेले पेनाल्टी क्षेत्रभित्र भिनिसियसलाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए ।

उक्त पेनाल्टीलाई कप्तान सर्जियो रामोसले गोलमा परिणत गर्दै अग्रता दिलाए । ६८ औं मिनेटमा सोसिडाडका वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका अदनान जानुजाजले गोल गरेका थिए ।

गोल फर्काएपनि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्रीको सहायतामा मान्यता दिएनन । त्यसको दुई मिनेटपछि नै रियलले अग्रता दोब्बर पार्यो । करीम बेन्जेमाले पेनाल्टी क्षेत्रबाट गरेको प्रहार रेमिरोले बचाउन सकेनन् ।

८३ औं मिनेटमा घरेलु टोलीका मिकेल मेरिनोले उत्कृष्ट गोल गर्दै खेललाई रोमान्चक मोडमा पुर्याएका थिए । तर त्यसपछि दुवै टिमबाट थप गोल हुन सकेन र रियाल बिजयी भयो ।

जितसँगै रियल म्याड्रिडको साविक विजेता बार्सिलोनासँग समान ३० खेलमा ६५ अंक भएपनि हेड टु हेडमा रियल अगाडी रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्