विदेश

विश्वमा कोरोना संक्रमण तीन दिनयताकै कम, १ लाख २९ हजार संक्रमित

हिमालय टिभी
२०७७ असार ८ गते ७:४७
विश्वमा कोरोना संक्रमण तीन दिनयताकै कम, १ लाख २९ हजार संक्रमित

८ असार, २०७७ काठमाडौं । विश्वभर कोरोना संक्रमण तीन दिन यताकै कम देखिएको छ । विश्वमा एकै दिन संक्रमित हुनेको संख्या एक लाख २९ हजार ३९५ रह्यो । जुन विगत तीन दिनयताकै सबैभन्दा कम हो ।

पछिल्लो पटक एकै दिन एक लाख २९ हजार ३९५ जनामा कोरोना देखिएसँगै विश्वभर संक्रमितको संख्या ९० लाख ३७ हजार ९५० पुगेको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्यामा पनि कमि आएको छ ।

थप तीन हजार तीन सय ३७ जनाको मृत्यु भएको छ । कोरोनाबाट हालसम्म मृत्यु हुनेको संख्या चार लाख ६९ हजार ६०३ पुगेको छ । विश्वभर ४७ लाख ९७ हजार ४६६ जना कोरोना जितेर घर फर्किएका छन् ।

यता भारतमा एकै दिन १५ हजार एक सय ८३ जना कोरोना संक्रमित फेला परेका छन् ।पछिल्लो समय संक्रमण दर बढ्दै गएको भारतमा एकैदिन संक्रमित हुनेको संख्या १५ हजार नाघेसँगै संक्रमितको संख्या ४ लाख २६ हजार ९ सय १० पुगेको छ ।

थप ४ सय २६ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १३ हजार ७ सय ३ पुगेको छ । करिब ९ हजारको अवस्था गम्भिर रहेको छ ।

पाकिस्तानमा पनि ४ हजार ९ सय ५१ जना संक्रमित फेला परेका छन् । पाकिस्तानमा हालसम्म संक्रमितको संख्या एक लाख ७६ हजार ६ सय १९ पुगेको छ ।

आज सबैभन्दा बढी संक्रमित अमेरिकामा फेला परेका छन् । अमेरिकामा २५ हजार दुई सय २१ जना नयाँ संक्रमित फेला परेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *