अन्तर्वार्ता

नागरिकता वितरणमा रहेको दलहरुको स्वार्थ अब त्याग्नुपर्छ : डा. चन्द्रकान्त ज्ञवाली, संविधानविद्

हिमालय टिभी
२०७७ असार ७ गते १४:१७
नागरिकता वितरणमा रहेको दलहरुको स्वार्थ अब त्याग्नुपर्छ : डा. चन्द्रकान्त ज्ञवाली, संविधानविद्

७ असार, २०७७ काठमाडौं । संविधानविद् डा. चन्द्रकान्त ज्ञवाली नेपालमा नागरिकता वितरणलाई व्यवस्थित गर्न नसक्नुमा राननीतिक स्वार्थ नै मुख्य भएको बताउनु भएको छ । साथै त्यो स्वार्थमा भूरानीति र विश्व राजनीतिले पनि प्रभाव पार्ने गरेको उहाँको बुझाई छ ।

हिमालय टेलिभिजनको नियमित कार्यक्रम समय सन्दर्भमा सरोज सिंह थापासँग कुरा गर्दै डा. ज्ञवालीले अब स्वार्थभन्दा माथि उठ्न सबै राननीतिक दल र नेताहरुलाई आग्रह गर्नु भएको छ । नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक–२०७५ साउन २२ गते प्रतिनिधिसभामा दर्ता भएको थियो ।

उक्त विधेयकमाथि छलफल गर्न राज्य व्यवस्था तथा सुशासन समितिमा दर्जनौं बैठक बसे पनि सहमति जुट्न सकेको छैन् । समितिले चालु अधिवेशनमा यो विधेयक सदनमा पठाउने प्रयास गरे पनि विदेशी महिलालाई ७ वर्षपछि मात्रै वैवाहिक अंगीकृत नागरिकताको दिने प्रस्तावमा संसदीय समितिमा विवाद कायमै छ। साथै विदेशी ज्वार्इलाई १५ वर्षमा अंगीकृत नागरिकता दिनुपर्ने मागसमेत उठेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्