आर्थिक

राजश्व पनि गुम्यो, नदी दोहन पनि रोकिएन किन ? (भिडियोसहित)

हिमालय टिभी
२०७७ असार ६ गते २०:१७
राजश्व पनि गुम्यो, नदी दोहन पनि रोकिएन किन ? (भिडियोसहित)

६ असार, २०७७ नेपालगञ्ज । राप्ती सोनारी गाउँपालिकाले समयमै ठेक्का लगाउन नसक्दा बाँकेमा ढुंगा ,गिट्टी र बालुवाको चोरी निकाशी र नदी दोहन तिब्र भएको छ । एकातिर निर्माण सामग्री नहुँदा विकास निर्माणका काम प्रभावित भएका छन् भने अर्कातिर गाउँपालिकाले प्राप्त गर्ने १५ करोड रुपैंया राजस्व पनि गुमाएको छ ।

यो बर्ष राप्ती सोनारी गाउँपालिका क्षेत्रका नदी तथा खोलाबाट नदी जन्य सामग्री संकलन हुन नसक्दा बाँकेका बिकास निर्माण आयोजना प्रभावित भएका छन् । बैध रुपमा नदी तथा खोलाबाट ढुंगा, गिट्टी र बालुवा संकलन नहुँदा अबैध रुपमा चोरी निकाशी बढेको छ ।

नदी तथा खोलामा ठेक्का लगाउने अधिकार स्थानीय सरकारलाई छ । राप्ती सोनारी गाउँपालिकाले पटक पटक आब्हान गरे पनि केही ब्यबसायी र गाउँपालिकाका जनप्रतिनिधिको मिलोमतोका कारण हालसम्म ठेक्का स्वीकृत हुन सकेको छैन । ठेक्का नलाग्दा गाउँपालिकाले यो बर्ष करिब १५ करोड रुपैयाँ राजस्व गुमाएको छ ।

अबैध रुपमा नदीजन्य पदार्थको तस्करी तिब्र छ । तर स्थानीय प्रशासन भने अवैध रुपमा भइरहेको नदी दोहोन रोक्न गम्भीरताका साथ लागि परेको दावी गरिरहेको छ ।

ढुंगा ,गिट्टी र बालुवा जस्ता अत्याबश्यक सामग्रीको अभावमा बिकास निर्माणमा प्रभाव परेको छ । निर्माण ब्यबसायी र बिकासे कार्यालयका प्रमुखले अत्याबश्यक सामग्रीको सहज उपलब्ध हुने अबस्था मिलाई दिन आग्रह गर्दै आएका छन् ।

नदीजन्य सामाग्रीको प्रमुख स्रोत भएका खोलामा ठेक्का नलाग्दा राजस्व गुम्ने, खोला तथा नदीको अबैध रुपमा दोहन हुने र विकास निर्माणका आयोजनामा निर्माण सामग्रीको अभाव हुने अबस्था देखिएको छ । प्रशासन कडाइ गरेको दाबी गरिरहने तर नदी दोहोनको क्रम नरोकिने स्थितिको अन्त्यका लागि तत्काल सरोकारवाला निकायले पहल थाल्नु आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *