समाज

समाजसेवी अङ्गुरबाबा जोशीको ८९ वर्षको उमेरमा निधन

हिमालय टिभी
२०७७ असार ६ गते १८:५३
समाजसेवी अङ्गुरबाबा जोशीको ८९ वर्षको उमेरमा निधन

६ असार, २०७७ काठमाडौं । समाजसेवी अङ्गुरबाबा जोशीको ८९ वर्षको उमेरमा आज निधन भएको छ ।

छातीमा संक्रमण भएपछि तिनसाता अघि बाँसबारीस्थित न्यूरो अस्पतालमा भर्ना गरिएकी जोशीको उपचारकै क्रममा आज दिउसो निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

जोशीको १७ वर्षअघि घाँटीमा क्यान्सर देखिएको थियो । शल्यक्रियामा क्यान्सर लागेको भाग काटेर फाल्दा उहाँको अनुहार बांगिएको थियो । काठमाडौं डिल्लीबजारकी अङ्गुरबाबा नेपालकी पहिलो महिला क्याम्पस प्रमुख हुनुहन्थ्यो ।

विक्रम संवत २०१९ सालमा तत्कालिन राजा महेन्द्रले गठन गरेको चार सदस्यीय संविधान मस्यौदा समितिमा समेत उहाँ एकमात्र महिला सदस्य हुनुहुन्थ्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *