समाज

बदमासीको पर्याय बनेको पप्पु कन्स्ट्रक्सनको कारागार निर्माणमा अर्को बदमासी (भिडियोसहित)

हिमालय टिभी
२०७७ असार ६ गते १७:१३
बदमासीको पर्याय बनेको पप्पु कन्स्ट्रक्सनको कारागार निर्माणमा अर्को बदमासी (भिडियोसहित)

६ असार, २०७७ नेपालगञ्ज । कैदीबन्दीलाई व्यवस्थित रुपमा राख्ने उद्देश्यले सरकारले बाँकेको नौबस्तामा १५ सय क्षमताको क्षेत्रीय कारागार भवन निर्माण सुरु गर्‍यो । २०७६ कार्तिकमा सम्पन्न हुनुपर्ने कारागारको निर्माण २०७७ को असारसम्म आइपुग्दा जम्मा ३५ प्रतिशत मात्रै पूरा भएको छ । निर्माणमा बदनामी कमाएको पप्पु कन्स्ट्रक्सनले यहाँ पनि बदमासी गरिरहेको छ ।

२०७३ साल पुसमा पप्पु कष्ट्रक्शन र रसुवा कष्ट्रक्शन मिलेर रसुवा पप्पु जेभीले बाँकेको नौबस्ताको २५ वटा भवनसहितको कारागार निर्माणको ठेक्का पाएको थियो । उसले साढे ३८ करोडमा ठेक्का पाएपछि काम शुरु गर्‍यो । तर उसले २ वर्षमा ५ प्रतिशत मात्र काम गर्‍यो ।

समयमा काम नगरेको भन्दै भबन बिभागले रसुवा पप्पु जेभीसँगको ठेक्का तोडेर कालो सुचीमा राख्ने चेताबनी दिएपछि यो काम २०७६ भदौ देखि रसुवा कष्ट्रक्शनले गर्दै आएको छ । रसुवा कष्ट्रक्शनले काम सुरु गरेसँगै कारागार निर्माणको कामले गति लिए पनि लकडाउनका कारण समस्या भएको छ । अहिलेसम्म करिब ३५ प्रतिशत काम पूरा भएको छ । २०७७ कार्तिक ८ गतेसम्म निर्माण कार्य सम्पन्न गर्नु पर्ने भए पनि बाँकी ५ महिनामा ६५ प्रतिशत काम पूरा हुने छाँटकाँट छैन ।

देशैभरका अधिकांश कारागार भबनमा क्षमता भन्दा ३ गुणासम्म बढी कैदीबन्दी छन ।
नेपालगन्जमा कारागारको क्षमता ३ सय भए पनि करिब ७ सय कैदीबन्दीलाई राखिएको छ । कारागारलाई ब्यबस्थित गरेर कैदी बन्दीलाई सहज रुपमा बस्ने ब्यबस्था मिलाउन कारागार बनाउन लागिएको हो ।

बाँकेको बैजनाथ गाउँपालिकाको बैजनाथमा १० बिघा क्षेत्रफलमा ३ हजार क्षमताको कारागार बन्ने छ । बाँकेमा पहिलो चरणमा १५ सय र दोस्रो चरणमा १५ सय क्षमता गरेर ३ हजार क्षमताको कारागार भबन बनाउने लक्ष्य राखिएको छ । तर ठेकेदारको लापरवाहीले समयमै काम हुन नसक्दा कैदीबन्दीले लामो समय दुस्ख पाउनु पर्ने देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *