आर्थिक
कोरोना प्रभावित विद्या आश्रमलाई सनराइज बैंकको सहयोग
२०७७ असार ६ गते १२:५१

सनराइज बैंकले कोरोनाबाट प्रभावित विद्याआश्रमलाई विभिन्न खाद्यान्न सामग्री सहयोग गरेको छ ।
कोरोनाबाट विश्व नै प्रभावित बनेका बेला बैंकले बुढानिलकण्ठ वेद विद्याश्रमलाई विभिन्न खाद्य सामग्री सहयोग गरेको हो । आज बुढानिलकण्ठ नगरपालिकामा रहेको आश्रममा गएर बैंकले चामल, दाल, तेल र पिठो सहयोग गरेको हो ।
यस्तै बैंकले नगद सहयोग पनि गरेको छ । २ लाख २५ हजार रुपैयाँको चेक बैंकले आश्रमलाई हस्तान्तरण गरेको हो ।
प्रतिक्रिया