खेलकूद

स्पेनिस ला लिगाको उपाधि होडमा बार्सिलोनालाई धक्का

हिमालय टिभी
२०७७ असार ६ गते ७:४४
स्पेनिस ला लिगाको उपाधि होडमा बार्सिलोनालाई धक्का

६ असार, २०७७ काठमाडौं । सेभियासँग गोलरहित बराबरीमा रोकिएसँगै स्पेनिस ला लिगाको उपाधि होडमा रहेको बार्सिलोनालाई ठुलो धक्का लागेको छ ।

लिगअन्तर्गत सेभियाविरुद्ध गोलरहित बराबरीमा रोकिएपछि बार्सिलोनालाई उपाधि यात्रामा धक्का लागेको हो ।

सेभियाको घरेलु मैदानमा भएको खेलमा बार्सिलोना गोलरहित बराबरीमा रोकिएको हो । यसको फाइदा दोस्रो स्थानको रियाल मड्रिडलाई भएको छ ।

प्रतिस्पर्धात्मक बनेको खेलमा दुबै टिमले बारम्बार मौका पाए पनि सफल हुन सकेनन् । पहिलो हाफको इन्जुरी समयमा दुबै पक्षका खेलाडी विच केहि विवाद हुँदा हात हालाहालको अवस्थामा पुगेको थियो ।

जसका कारण रेफ्रिले सर्जियो बुस्केट्स र सेभियाका फर्नान्डोलाई पहेलो कार्ड देखाएका थिए । पहिलो हाफ गोलरहित बराबरी भएको खेलको दोस्रो हाफमा पनि दुबै टिमबाट गोल हुन सकेन ।

बराबरीपछि शीर्ष स्थानको बार्सिलोनाको ३० खेलमा ६५ अंक भएको छ भने एक खेल कम खेलको रियालको ६२ अंक छ । योसँगै ला लिगाको उपाधि होडपनि रोमाञ्चक मोडमा पुगेको छ । अब रियालले आइतबार हुने खेलमा रियाल सोसिडाडसँग जीत निकालेमा अंक बराबरी गर्ने मौका पाउनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्