समाज

के लकडाउन खुकुलो हुनु कोरोना नियन्त्रणमा आउनु हो ? लापरबाही किन ? (भिडियोसहित)

हिमालय टिभी
२०७७ असार ५ गते २०:२७
के लकडाउन खुकुलो हुनु कोरोना नियन्त्रणमा आउनु हो ? लापरबाही किन ? (भिडियोसहित)

५ असार, २०७७ काठमाडौं । कोरोनासँग महिनौँदेखि जोगिएर बसेका हामी, अहिले कोरोनासँग जुध्ने आँट लिँदै घर बाहिर निस्किएका छौँ । कोरोनासँग जुध्ने आँटले मात्रै होइन, हामीले अपनाउने सावधानीले नै हामीलाई जोगाउँछ भन्ने कुरा भने भुल्दै गएका छौँ ।

अहिले बजारमा भिडभाड र चहलपहल बाक्लिएको छ । त्यससँगै संंक्रमणको जोखिम पनि उच्च छ । त्यसैले चिकित्सकहरु भन्छन् संक्रमणबाट बच्न भौतिक दूरी कायम गर्नुको विकल्प छैन ।

चिकित्सकहरुले चिउडोमा मास्क नलगाउन र बजार तथा कार्यालयमा दूरी कायम गर्न पनि भनिरहेका छन् । भिडभाड पटक्कै नगर्नु भन्ने अनुरोध पनि छ । विज्ञले दिएका यी सुझाव नागरिकले नसुनेका पनि हैनन् । उनीहरुलाई मज्जाले थाहा छ । तर विज्ञको सुझाव लागू भने गर्न सकेका छैनन् ।

कोरोनाको डर हुँदाहुँदै बाहिर निस्कन नागरिकलाई मन छैन । तर घरमा चुलो बाल्न त, बाहिर नै निस्कनैपर्छ ।

लकडाउनसँगै कोही ऋणमा छन्, कसैलाई घर भाडाको चिन्ता छ । दैनिक काम गर्न नपाउँदा चिन्तामा भएकाहरु अहिले लकडाउन खुकुलो भएपछि खुसी छन् । सामाजिक दूरी कायम गर्न चाहेर पनि सकेका छैनन् ।

कोरोना संक्रमितको संख्या दिनदिनै बढिरहेको छ । नेपालमा एक जनामा मात्र कोरोना संक्रमण देखिदाँ हामी जत्ति सजग थियौँ, अहिले हजारौँको संख्यामा कोरोना संक्रमित बढ्दै जाँदा सजगता घटेको छ र लापरबाही बढेको देखिन्छ । ठीक समयमा अपनाउनु पर्ने सावधानी नअपनाउँदा हामीले नै अप्ठ्यारो भोग्नुपर्नेछ । यो विषयमा भने हामीले सोच्नु पर्ने देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *