समाज

विमानस्थलमा एकाएक लासहरुको लस्कर लागेपछि…(फोटोफिचर)

हिमालय टिभी
२०७७ असार ५ गते १७:०६
विमानस्थलमा एकाएक लासहरुको लस्कर लागेपछि…(फोटोफिचर)

५ असार, २०७७ काठमाडौं । देशभित्र रोजगारीको अवसर नपाएपछि नेपालीहरु सस्तो श्रमिकका रुपमा विश्वका विभिन्न मुलुक पुगेका छन् । यसरी अवसर र सम्भावनाको खोजीमा विदेशिएका कतिपय नेपालीले आफ्नो सपना आंशिक रुपमा पूरा गरेका छन् । कतिले भने त्यो अवसर पाएका छैनन् । सुन्दर भविष्यको सपना मनभरि सजाएर विमान चढेका उनीहरु फर्कदा भने बाकसमा प्याक भएर फर्कने गरेका छन् ।

शुक्रबार अन्तर्राष्ट्रिय विमानस्थलमा यस्तै दृष्य देखियो । विभिन्न समयमा खाडी मुलुक पुगेर विभिन्न कारणले उतै ज्यान गुमाएका नेपालीहरुको एकै दिन २० बढी लास विमानस्थलबाट बाहिरिँदै थियो । अफन्तजनहरु विमानस्थलमा शव लिन विमानस्थल पुगेका थिए ।

खाडी मुलुकमा पुगेर विभिन्न समयमा मृत्यु भए पनि उनीहरुको शव कोरोना महामारीविरुद्धको लकडाउनका कारण नेपाल ल्याउन सकिएको थिएन । पछिल्लो समय नेपालमा लकडाउन केही खुकुलो भएसँगै विदेशमा ज्यान गुमाएका नेपालीहरुको शव नेपाल ल्याइएको हो ।

कतार एयरवेजको चार्टर्ड विमानमा विदेशमा अलपत्र परेका ४३ नेपाली फर्किएका थिए । उनीहरु विदेशी भूमिमा अलपत्र परेर स्वदेश फर्कन पाउँदा खुसी थिए । तर, त्यही विमानमा २० जना यस्ता अभागी नेपाली पनि थिए जो बाकसमा प्याक भएर आएका थिए । अलपत्र परेर फर्केकाहरु जाँदा देखेको सुन्दर सपनाका खण्डहरुहरु परिवारलाई सुनाउन सक्षम थिए । तर, एउटै विमानमा आएका २० जना भने निर्जीव भइसकेका थिए । उनीहरुको सपना खाडीमै अस्ताइसकेको थियो ।

शुक्रबार नै कुबेतको जजिरा एयरले पनि २ वटा शव ल्याएको छ । यस्तै हिमालय एयरलाइन्सले साउदी अरबबाट एउटा शव ल्याएको छ । कोरोना संक्रमण बढ्दै गएपछि अन्तर्राष्ट्रिय उडानहरु बन्द भएका कारण यसअघि शव ल्याउन सकिएको थिएन् । सरकारले चार्टर्ड विमानमार्फत अलपत्र परेका नेपालीहरु र त्यहाँ रहेका शवहरु नेपाल ल्याइएको हो ।

शवलाई विदेशबाट ल्याउने र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जिल्लासम्म पु¥याउने खर्च बैदेशिक रोजगार बार्डले व्यवहोर्नेछ । विभिन्न कारणले विदेशमा मृत्यु भएका आपन्तहरुले काठमाडौं आएर निवेदन दिएपछि बोर्डले निःशुल्क ढुवानी गर्ने बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *