आर्थिक

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदका लागि दरखास्त आह्वान

हिमालय टिभी
२०७७ असार ५ गते ११:५८
लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदका लागि दरखास्त आह्वान

५ असार, २०७७ काठमाडौं । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदका दरखास्त आह्वान गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गठन गरेको सिफारिस समितिले योग्य उमेदवारसँग प्रस्ताव आह्वान गरेको हो । बोर्डको तत्कालीन प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीलाई सरकारले राष्ट्र बैंकको गभर्नर नियुक्त गरेपछि चैतदेखि बोर्ड प्रमुखविहीन छ ।

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत हुन् अर्थशास्त्र, व्यवस्थापन, वाणिज्यशास्त्र, कानून, इन्जिनियरिङ वा विकाससम्बन्धी विषयमा कम्तिमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्छ । यस्तै परियोजना विकास, सार्वजनिक खरीद, लगानी प्रवर्द्धन, विकास प्रशासन, बैंकिङ, वित्तिय क्षेत्र तथा औद्योगिक व्यवस्थापनमा १० वर्ष काम गरेको अनुभव ‍आवश्यक पर्छ ।

समितिले ३५ वर्ष पुरा भई ६५ वर्ष उमेर ननाघेका योग्य उमेद्धवारले १५ दिनभित्र आवेदन दिन भनेको छ । बोर्डले १० अर्ब रुपैयाँमाथिका र ५ सय मेगावाट भन्दामाथिका आयोजनाको लगानी स्वीकृति तथा सहजीकरणको काम गर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *