रियल मड्रिड स्पेनीस ला लिगा उपाधि यात्रामा कायमै

५ असार, २०७७ काठमाडौं । स्पेनीस ला लिगामा दोस्रो स्थानको रियल मड्रिडले उपाधि यात्रामा आफूलाई कायमै राखेको छ ।
ला लिगा अन्तर्गत गएराति भएको खेलमा रियाल मड्रिडले भ्यालेन्सियालाई हराउँदै उपाधि यात्रामा बार्सिलोनालाई टक्कर दिएको छ । घरेलु मैदानमा भएको खेलमा रियालले भ्यालेन्सियालाई तीन शुन्यले हरायो ।
रियालको जितमा करिम बेन्जिमाले दुई तथा मार्को एसेन्सियोले एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरी भएको खेलको दोस्रो हाफमा रियालले तीन गोल गर्यो ।
खेलको ६१ औं मिनेटमा करिम बेन्जिमाले रियाललाई अग्रता दिलाए । त्यसपछि खेलको ७४ औं मिनेटमा रियालका लागि मार्को एसेन्सियोले बैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गर्ने बितिक्कै रियलका लागि दोस्रो गोल गरे ।
त्यसपछि ८७ औं मिनेटमा बेन्जिमाले ब्यक्रिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरे । जितसँगै रियलले शिर्ष स्थानको बार्सिलोनाको दुरी दुई अंकमा झारेको छ । रियालको २९ खेलमा ६२ अंक रहेको छ भने बार्सिलोनाको ६४ अंक छ ।
प्रतिक्रिया