आर्थिक

नेपालको यो वर्षको आर्थिक वृद्धिदर २ दशमलव ३ प्रतिशतमा सीमित रहने एडीबीको प्रक्षेपण

हिमालय टिभी
२०७७ असार ४ गते १५:४६
नेपालको यो वर्षको आर्थिक वृद्धिदर २ दशमलव ३ प्रतिशतमा सीमित रहने एडीबीको प्रक्षेपण

४ असार, २०७७ काठमाडौं । एशियाली विकास बैंकले यो वर्ष नेपालको आर्थिक वृद्धिदर २ दशमलव ३ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ ।

बैंकले एसियन डेभलपमेन्ट आउटलुक प्रतिवेदन सार्वजनिक गर्दै यसअघि आफैंले प्रक्षेपण गरेको आर्थिक वृद्धिदर घटाएको हो ।

यसअघि बैंकले कोरोना महामारीबाट अर्थतन्त्र प्रताडित नहुने भन्दै ५ दशमलव ३ प्रतिशतको आर्थिक वृद्धिदर हासिँल हुने बताएको थियो । तर कोरोना महामारीसँगैको लकडाउनले अर्थतन्त्र थप शिथिल बन्दै गएको भन्दै बैंकले आर्थिक वृद्धिदरको प्रक्षेपण ३ प्रतिशतले घटाएको हो ।

यसअघि दक्षिण एसियामा ४ दशमलव १ प्रतिशतको वृद्धिदरको अनुमान गरेको बैंकले यस क्षेत्रको वृद्धिदर ३ प्रतिशमा खुम्चने नयाँ प्रक्षेपण गरेको छ । तर विश्व बैंकले एशियाको आर्थिक वृद्धिदर भने ६० वर्षयताकै न्यून हुने प्रक्षेपण गरेको छ ।

कोरोना भाइरसका कारण एशियाको आर्थिक वृद्धिदर शुन्य दशमलव १ प्रतिशतमा सीमित हुने बैंकको अनुमान छ । बैंकको यो आँकलनु सन् १९६१ यताकै सबैभन्दा खराब हो ।

यसअघि बैंकले यो वर्ष एशिया क्षेत्रको आर्थिक वृद्धिदर २ दशमलव २ प्रतिशत हुने अनुमान गरे पनि कोरोना महामारीको प्रभाव बढेको भन्दै प्रक्षेपण संशोधन गरेर घटाएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *