समाज
सुदूरपश्चिम प्रदेशमा भीटीएम अभावमा स्वाब संकलन रोकियो
२०७७ असार ४ गते १५:४१

४ असार, २०७७ धनगढी । सुदूरपश्चिम प्रदेशमा भीटीएम अभावका कारण कोरोना परीक्षणका लागि ४ दिनदेखि स्वाब संकलन रोकिएको छ।
कोरोना संक्रमण परीक्षणका लागि संकलन गरिने स्वाब राख्ने भाँडा अर्थात भीटीएम किट नहुँदा ४ दिनदेखि काम ठप्प भएको छ ।
भीटीएम नभएपछि नयाँ व्यक्तिको स्वाब संकलन गर्न नसकिएको सेती प्रादेशिक अस्पताल धनगढीका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
स्वाब संकलन भई कोरोना परीक्षण गर्न बाँकी रहेका केही नमूनाको अहिले परीक्षण भइरहेको छ । तत्काल भीटीएम किटको व्यवस्था नभए एकदुई दिनमै कोरोना परीक्षण बन्द गर्ने अस्पतालले जनाएको छ ।
सेती प्रादेशिक अस्पतालमा सुदूरपश्चिमका ९ वटै जिल्लाको स्वाव संकलन गर्ने गरिएको छ । यसअघि पनि सुदूरपश्चिममा एक हप्ता स्वाब संकलन बन्द भएको थियो ।
प्रतिक्रिया