विदेश

भारतमा कोरोना संक्रमितको संख्या अहिलेसम्मकै उच्च, अमेरिकामा मृतक र संक्रमित बढे

हिमालय टिभी
२०७७ असार ४ गते ७:३४
भारतमा कोरोना संक्रमितको संख्या अहिलेसम्मकै उच्च, अमेरिकामा मृतक र संक्रमित बढे

४ असार, २०७७ काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । एकै दिनमा ३१ हजार एक सय ३ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या ३ लाख ६७ हजार २६४ पुगेको छ ।

भारतमा पछिल्लो समय एकै दिन यती धेरै संक्रमित देखिएको हो । भारतमा पछिल्लो २४ घण्टामा थप ३४१ जनाको मृत्यु भएको छ । यो सँगै त्यहाँ मृतकको संख्या १२ हजार २ सय ६२ पुगेको छ ।

यस्तै पाकिस्तानमा एकै दिन ५ हजार ८३९ जनामा संक्रमण देखिएको छ भने १३६ जनाको मृत्यु भएको छ । पाकिस्तानमा अहिलेसम्म एक लाख ५४ हजार ७६० जना संक्रमित फेला परिसकेका छन् ।

पछिल्लो समय सबैभन्दा उच्च मृत्युदर रहेको ब्राजिलमा थप १ हजार २०९ जनाको मृत्यु भएको छ । ब्राजिलमा एकै दिन ३१ हजार ४७५ जना थपिएसँगै संक्रमितको संख्या ९ लाख ६० हजार ३०९ पुगेको छ ।

यता अमेरिकामा मृत्यु र संक्रमण दर दुबै बढेको छ । अमेरिकामा थप ८०९ जनाको मृत्यु भएसँगै मृतकको संख्या एक लाख १९ हजार ९४१ पुगेको छ । २५ हजार ४ सय ५४ जनामा कोरोना देखिएसँगै संक्रमितको संख्या २२ लाख ३३ हजार ८५४ पुगेको छ ।

विश्वमा एकै दिन एक लाख ४१ हजार भन्दा बढीलाई कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा एक लाख ४१ हजार २५५ जनामा कोरोना देखिएसँगै विश्वभर संक्रमितको संख्या ८३ लाख ९२ हजार ४७९ पुगेको छ।

पछिल्लो २४ घण्टामा विश्वभर थप ५ हजार २ सय ६४ जनाको मृत्यु भएको छ । विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या चार लाख ५० हजार ४५२ पुगेको छ । विश्वका ४३ लाख ७८ हजार ९९२ जना मानिस कोरोनाको उपचारपछि घर फर्किएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *