समाज

रौतहटमा कोरोना संक्रमितको संख्या १ हजार नाघ्यो

हिमालय टिभी
२०७७ असार ३ गते १८:०३
रौतहटमा कोरोना संक्रमितको संख्या १ हजार नाघ्यो

३ असार, २०७७, रौतहट । रौतहटमा कोरोना भाइरस संक्रमितको संख्या १ हजार नाघेको छ ।

बुधबार मात्रै १ सय २५ जनामा कोरोना पोजेटिभ रिर्पोट आएको स्वास्थ्य कार्यालय रौतहटका प्रमुख महेश साहले जानकारी दिनु भएको छ ।

योसँगै रौतहटमा कोरोना संक्रमितको संख्या १ हजार ४६ पुगेको कार्यालय प्रमुख साहले बताउनुभयो । सबैभन्दा बढी रौतहटको राजपुर नगरपालिकामा २ सय ६२ संक्रमित रहेका छन् ।

कोरोना संक्रमित निको भएर जानको संख्या भने २ सय ४७ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *