भारतले नाकाबन्दी लगाउन पनि सक्छ, त्यसैले तयारीमा जुटौं: प्रा. डा. युवराज संग्रौला
३ असार, २०७७ काठमाडौं । अन्तर्राष्ट्रिय कानूनका जानकार एवं पूर्व महान्यायाधिवक्ता प्रा. डा. युवराज संग्रौलाले भारतले अतिक्रमण गरेको कालापानीदेखि लिम्पियाधुरासम्मको नेपाली भूमिका विषयमा भारतलै एकैछिनमा संसारभर नाङ्गो बनाउन सकिने बताउनु भएको छ।
हिमालय टेलिभिजनको नियमित कार्यक्रम समय सन्दर्भमा सरोजसिंह थापासँग कुरा गर्दै उहाँले यो लडाई नेपालले संयम भएर काम गर्दा खास कठिन नहुने बताउनु भयो । तर जति नै जालझेल गरेपनि भारतले कुनै हालतमा जित्न नसक्ने बताउनुभयो ।
संग्रौलाले भारत कमजोर भएकाले अहिले वार्ताको टेबलमा आउनुको साटो देश तथा विदेशमा रहेका भारतीयलाई जानकारी खोजेर नेपालको तथ्य काट्न प्रमाण संकलनमा जुटेको बताउनु भयो ।
भारतका रक्षा मन्त्री र सेना प्रमुखको रबैयाबाट विश्व जगत सचेत रहेको भन्दै संग्रौलाले नेपालले २०० वर्षदेखिको अपमान समाप्त गर्न युवा जाग्नुपर्ने र त्यो आर्थिक विकासबट मात्र संभब हुने बताउनु भयो ।
प्रतिक्रिया