विदेश

लद्दाख प्रकरण्मा चीनले मुख खोल्यो–घटनामा भारतीय सैनिक नै जिम्मेवार छन्

हिमालय टिभी
२०७७ असार ३ गते १४:१०
लद्दाख प्रकरण्मा चीनले मुख खोल्यो–घटनामा भारतीय सैनिक नै जिम्मेवार छन्

३ असार, २०७७ काठमाडौं । भारत–चीन सीमा क्षेत्र पूर्वी लद्दाखको गलवान उपत्यकामा भएको घटनामा चीनले आफू जिम्मेवार नरहेको दाबी गरेको छ ।

चिनियाँ विदेश मन्त्रालयले गलवान उपत्यकामा भएको घटनामा लागि आफूलाई जिम्मेवार ठहर गर्न नसकिने जनाएको हो । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजायानले भने–यसमा सही र गलत स्पष्ट छ । यो घटना एलएसीको चीनतर्फको क्षेत्रमा भएको छ र यसका लागि चीनलाई जिम्मेवार ठहराउन सकिन्न ।

प्रवक्ता लिजायानले भने–गलवान उपत्यकाको संप्रभुता सधैंका लागि चीनसँग छ । भारतीय सैनिकहरुले बोर्डर प्रोटोकल र हाम्रा कमाण्डरस्तरको कुराकानीमा भएको सहमतिको गम्भीर उल्लंघन गरेका छन् ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले चीन अझै पनि थप संघर्षको पक्षमा नरहेको बताएका छन् । उनले दुवै देशबीच कूटनीतिक र सैनिकस्तरमा कुराकानी चलिरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *