विदेश

विश्वभर एकै दिन १ लाख ४२ हजारमा कोरोना संक्रमण, भारतमा मृतकको संख्या बढ्यो

हिमालय टिभी
२०७७ असार ३ गते ८:०८
विश्वभर एकै दिन १ लाख ४२ हजारमा कोरोना संक्रमण, भारतमा मृतकको संख्या बढ्यो

३ असार, २०७७ काठमाडौं । विश्वमा एकै दिन एक लाख ४२ हजार भन्दा बढीलाई कोरोना संक्रमण देखिएको छ । कोरोनाबाट एकै दिन संक्रमित हुनेको संख्या अहिले सम्मकै उच्च हो ।

पछिल्लो २४ घण्टामा एक लाख ४२ हजार ५४६ जनामा कोरोना देखिएसँगै विश्वभर संक्रमितको संख्या ८२ लाख ५१ हजार २१३ पुगेको छ। कोरोना बाट मृत्यु हुनेको संख्या पनि फेरि बढेको छ ।

पछिल्लो २४ घण्टामा विश्वभर थप ६ हजार ५ सय ९२ जनाको मृत्यु भएको छ । विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या चार लाख ४५ हजार १८८ पुगेको छ । विश्वका ४२ लाख ९९ हजार ९१० मानिस कोरोनाको उपचारपछि घर फर्किएका छन् ।

पछिल्लो समय मृत्युदर घटीरहेको ब्राजिलमा फेरि मृतकको संख्या बढेको छ । कोरोनाबाट ब्राजिलमा थप १ हजार ३३८ जनाको मृत्यु भएको छ । ब्राजिलमा अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित देखिएका छन् । एकै दिन ३७ हजार २७८ जना थपिएसँगै संक्रमितको संख्या ९ लाख २८ हजार ८३४ पुगेको छ ।

यता अमेरिकामा मृत्यु र संक्रमण दुर दुबै बढेको छ । अमेरिकामा थप ८४९ जनाको मृत्यु भएसँगै मृतकको संख्या एक लाख १९ हजार १३२ पुगेको छ । २५ हजार ४ सय ३९ जनामा कोरोना देखिएसँगै संक्रमितको संख्या २२ लाख ८ हजार ३८९ पुगेको छ ।

दक्षिण एसियामा सबैभन्दा प्रभावित भारतमा मृतकको संख्या ह्वात्तै बढेको छ । पछिल्लो २४ घण्टामा भारतमा दुई हजार ६ जनाको मृत्यु भएको छ । भारतभर मृतकको संख्या ११ हजार ९ सय २१ पुगेको छ । भारतमा थप ११ हजार १ सय ३५ जनामा कोरोना देखिएसँगै संक्रमितको संख्या ३ लाख ५४ हजार १६१ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *