समाज

रोकिएन भारतबाट नेपाल भित्रनेको संख्या सीमा नाकामा नेपाली सेनाको स्क्रिनिङ क्याम्प (भिडियोसहित)

हिमालय टिभी
२०७७ असार २ गते १८:१३
रोकिएन भारतबाट नेपाल भित्रनेको संख्या सीमा नाकामा नेपाली सेनाको स्क्रिनिङ क्याम्प (भिडियोसहित)

२ असार, २०७७ काठमाडौं । भारतमा रहेका नेपाली स्वदेश फर्किने क्रम बढेको छ । भारतबाट नेपाल प्रवेश गर्न पाउने २० नाका मध्ये एक नाका हो पूर्वी नेपालको काँकडभिट्टा । यहाँबाट दैनिकी ३ सय देखि ५ सय जना नेपाल प्रवेश गर्ने गरेका छन् । त्यसैले भारतबाट फर्किनेको कोरोना परीक्षण र सहजीकरणका लागि काकडभिट्टामा नेपाली सेनाले ‘स्क्रिनिङ क्याम्प’ खडा गरेको छ ।

पूर्वी नेपालको काँकडभिट्टा नाका पनि नेपालीहरु नेपाल प्रवेश गर्ने मुख्य नाकामध्येको एक हो । भारतसँगको यो नाकाबाट नेपाल भित्रने र बाहिरिनेका लागि छुट्टाछुट्टै बाटोको व्यवस्था गरिएको छ । भारतबाट फर्कने नेपालीले निर्माणधिन मेची पुल मुनिबाट आउनुपर्छ । नेपालबाट भारत जानेले पुलमाथिबाट जाने व्यवस्था गरिएको छ ।

झापामा अहिलेसम्म भेटिएका कोरोना सक्रमित सबै भारतबाट आएका छन् । त्यसैले नाकामै नेपाली सेनाले ‘स्क्रिनिङ क्याम्प’को व्यवस्था गरेको छ । नाकामा प्रवेश गर्ने बित्तिकै हात धुने व्यवस्था गरिएको छ । भारतबाट आउने हरेक व्यक्तिलाई एक बोतल पानी र मास्क उपलब्ध गराइन्छ । लामो यात्राबाट थाकेर आएकालाई यसले ठूलो राहत भएको छ ।

क्याम्पमा भारतबाट आउने नेपालीको स्वास्थ्य जाँच गरि तत्काल आरडीटी परिक्षण गरी गाडी उपलब्ध भए सम्बन्धित जिल्लामा पठाइन्छ । गाडी उपलब्ध नभए क्वारन्टिन राख्ने प्रबन्ध गरिएको छ । झापाकालाई सम्बन्धित स्थानीय तहमा पठाइन्छ ।

भिडभाड नहोस भनेर ७ बटै प्रदेशका छुट्टाछुट्टै दर्ता क्याम्प बनाइएको छ । नेपालको सम्पर्क नम्बर नहुनेका लागि नेपाल टेलिकमले निशुल्क सिम वितरण गरेको छ ।

‘स्क्रिनिङ क्याम्प’मा जनप्रतिनिधि, स्वास्थ्यकर्मी र नेपाली सेनासहित २५ जनाको टोली खटिएको छ । पश्चिम नेपालका नाकाबाट भद्रगोल तरिकाले नेपालीहरु घर फर्किरहँदा झापामा गरिएको यो तयारीलाई ठिकै मान्न सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *