समाज

१०९ वर्ष पुरानो लुम्बिनी अस्पतालमा के के हुँदैछ सुधार ? (भिडियोसहित)

हिमालय टिभी
२०७७ असार २ गते १७:५७
१०९ वर्ष पुरानो लुम्बिनी अस्पतालमा के के हुँदैछ सुधार ? (भिडियोसहित)

२ असार, २०७७ बुटवल । १ सय ९ बर्ष पुरानो बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा सुधारको केही संकेत देखा पर्न थालेको छ । सेवाग्राहीलाई सजिलो हुने गरी अस्पतालको काम भैरहेको छ ।

कुनै बेला “रिफर सेन्टर” जस्तै बनेको लुम्बिनी प्रादेशिक अस्पतालको अहिले रुप फेर्दैछ । माघको शुरुमै नयाँ संरचनाको गुरुयोजना सार्वजनिक गरेको अस्पतालले लकडाउनमा समेत विकासको कामलाई जारी राखेको छ त्यत्तिमात्रै हैन अस्पतालका नियमित काममा समेत सुधार गर्दै पुर्वाधार निर्माण भैरहेको छ ।

यसअघि एउटै ओपिडिमा २(३ जना डाक्टरले विरामीको उपचार गर्ने गरेकोमा अहिले बनेको संरचनामा एक डाक्टर-एक विरामी हेर्न सकिनेछ । ओपीडी कक्षमा बिरामीको चाप हुने र भौतिक दूरी कायम हुन नसक्ने भएपछि नयाँ संरचना तयार गरिएको हो । अस्पतालमा १५ दिन भित्र पिसिआर मेसिन खरिद गरी शंकास्पद र ईमरजेन्सी विरामीको कोरोना परिक्षण गर्ने तयारी छ ।

अस्पतालले १४ अर्ब लागत अनुमानसहित अन्तर्राष्ट्रिय मापदण्डमा दश तलाका २ वटा अत्याधुनिक भवन बनाउने योजना अघि सारेको छ । ३ बर्ष भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको योजना सम्पन्न भए विरामीका लागि उपचार सहज हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *