विदेश

सीमामा भारत–चीन भिडन्त, एक कर्णेलसहित तीन भारतीय सैनिकको मृत्यु

हिमालय टिभी
२०७७ असार २ गते १४:२४
सीमामा भारत–चीन भिडन्त, एक कर्णेलसहित तीन भारतीय सैनिकको मृत्यु

काठमाडौं । भारतीय र चिनियाँ सैनिकबीच लद्दाखको विकट गलवान उपत्यकामा भीडन्त हुँदा एक जना वरिष्ठ अधिकारीसहित तीन सैनिकको मृत्यु भएको छ ।

सोमबार राति भएको झडपमा भारतीय सेनाका एक कमाण्डिङ अफिसर कर्णेल र दुई सैनिकको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। भारत सरकारले पनि भीडन्त भएको र क्षति भएको पुष्टि गरेको छ ।

अहिले परिस्थिति नियन्त्रणमा लिन दुबै पक्षका बरिष्ठ सैनिक अधिकारीहरूबीच छलफल भइरहेको भारतीय सेनाले जनाएको छ ।

केही समययता लद्दाखको गलवान क्षेत्रमा भारत र चिनीयाँ सेनाबीच तनावको स्थिति थियो । सन् १९७५ पछि पहिलोपटक नियन्त्रण रेखामा भारतीय सेनाको ज्यान गएको हो ।

लद्दाखको पाङगोङ सो, गल्वान, डेमचोक र दौलत बेगमा ५ हप्तादेखि दुई देशबीच तनाव उत्पन्न भएको छ । दुई देशका वरिष्ठ सैन्य अधिकारीहरू विवाद समाधान गर्न वार्तामा रहेको भारतीय सेनाले उल्लेख गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *