अन्तर्वार्ता

साउनको अन्त्यसम्म नेपालमा कोरोना उत्कर्षमा पुग्छः स्वास्थ्यमन्त्री ढकाल (भिडियोसहित विशेष कुराकानी)

हिमालय टिभी
२०७७ असार २ गते ८:३६
साउनको अन्त्यसम्म नेपालमा कोरोना उत्कर्षमा पुग्छः स्वास्थ्यमन्त्री ढकाल (भिडियोसहित विशेष कुराकानी)

२ असार, २०७७ काठमाडौं । सरकारले साउनको अन्त्यसम्ममा नेपाल कोरोना संक्रमणको उत्कर्षमा पुग्ने आँकलन गरेको छ ।

हिमालय टेलिभिजनसँग कुरा गर्दै स्वास्थ्य मन्त्री भानुभक्त ढकालले अहिलेको संक्रमणको दर हेर्दा साउनको अन्त्यमा हामी उत्कर्षमा पुग्ने बताउनुभयो ।

संक्रमण उच्च दरमा पुग्दा पनि त्यसलाई नियन्त्रणबाहिर जान नदिनका लागि के के गर्न सकिन्छ भनेर तयारी गरिरहेको उहाँले बताउनुभयो । भारतबाट नेपाली नफर्केको भए यतिबेलासम्म देशमा कोरोना नियन्त्रणको अवस्थामा हुने मन्त्री ढकालले बताउनुभयो ।

विश्वव्यापी नतिजा हेर्दा ८० प्रतिशतसम्म संक्रमति सामान्य रहने गरेका छन्, ५ प्रतिशतमात्र गम्भीर अवस्थामा पुग्न सक्ने रहेकाले उनीहरुलाई भेन्टिलेटर सहितको स्वास्थ्य उपचा दिन सरकार तयारी अवस्थामा रहेको उहाँको भनाइ छ ।

असार १५ गतेसम्ममा दैनिक १५ हजारका दरले पीसीआर प्रविधिबाट कोरोना भाइरसको परिक्षण हुने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्