आर्थिक

कर्णाली प्रदेशद्वारा ३३ अर्ब ७४ करोड बराबरको बजेट सार्वजनिक

हिमालय टिभी
२०७७ असार १ गते १४:३४
कर्णाली प्रदेशद्वारा ३३ अर्ब ७४ करोड बराबरको बजेट सार्वजनिक

१ असार, २०७७, सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३३ अर्ब ७४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

आज बसेको कर्णाली प्रदेश सभामा आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला बजेट पेश गर्नुभएको छ । बजेटको ५७ प्रतिशत रकम पुँजीगत खर्चतर्फ, ३४ प्रतिशत चालु खर्चतर्फ र ९ प्रतिशत रकम वित्तीय हस्तान्तरणतर्फ छुट्याइएको छ ।

कर्णाली प्रदेश सरकारले मन्त्री, राजनीतिक पदाधिकारी र कर्मचारीको सुविधा कटौती गरेको छ । चालुखर्च तर्फ कोरोना महामारी रोकथाम, नियन्त्रण र उपचारका लागि ८७ करोड ४१ लाख, रोजगारका कार्यक्रमका लागि २ अर्ब ५८ करोड रुपैयाँ विनियोजना गरिएको छ ।

अन्य कार्यक्रम तथा प्रशासनिक खर्चमा ८ अर्ब ५२ करोड रुपैयाँ विनियोजन गरिएको छ । कर्णाली प्रदेशले आन्तरिक राजश्वबाट ३० करोड, संघीय सरकारसँग बाँडफाँट हुने राजश्वबाट ७ अर्ब, वित्तीय समानीकरण अनुदानबाट ९ अर्ब ६३ करोड र ससर्त अनुदानबाट ४ अर्बरुपैयाँ प्राप्त हुने अनुमान गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *