विदेश

विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या आज केही घटेको तथ्याङ्क

हिमालय टिभी
२०७७ असार १ गते ७:४८
विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या आज केही घटेको तथ्याङ्क

१ असार, २०७७ काठमाडौं । विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या आज केही घटेको छ । पछिल्लो २४ घण्टामा विश्वभर थप ३ हजार २ सय ४८ जनाको मृत्यु भएको छ । यो हिजोको तुलनामा केही कम हो ।

पछिल्लो २४ घण्टामा हजार २ सय ४८ जनाको मृत्यु भएसँगै विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या चार लाख ३५ हजार १६६ पुगेको छ । एकै दिन एक लाख २२ हजार २ सय ९८ जनामा कोरोना देखिएसँगै संक्रमितको संख्या ७९ लाख ८२ हजार ८ सय २२ पुगेको छ ।

पछिल्लो समय ब्राजिलमा मृत्युदर घटिरहेको छ । कोरोनाबाट थप ५९८ जनाको मृत्यु भएको छ ।

दक्षिण एसियामा सबैभन्दा प्रभावित भारतमा मृतकको संख्या स्थीर छ । पछिल्लो २४ घण्टामा थप ३ सय २१ जनाको मृत्यु भएको छ । भारतमा थप ११ हजार ३ सय २८ जना संक्रमित थपिएका छन् ।

कोरोनाबाट विश्वभर हालसम्म ४ लाख ३५ हजार एक सय ६६ जनाको मृत्यु भएको छ भने ७९ लाख ८२ हजार ८२२ जना संक्रमित भएका छन् । विश्वका ४१ लाख ३ हजार जना कोरोनाको उपचारपछि घर फर्किएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *